पर्यटन व्यवसायी अभिमुखीकरण कार्यक्रम

नेपाल पर्यटक यातायात व्यवसायी संघमा आवद्द रहेका सम्पुर्ण व्यवसायीहरुको लागि मिति २०७७/११/२० गतेका दिन होटल आरण्य बुटिक होटलमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक श्री हिक्मत सिंंह ऐर ज्युले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष श्री रामहरी शर्माले गर्नु भएको थियो । कार्यक्रमको अतिथीमा NATTA अध्यक्ष अच्युत गुरागाई, TAAN का अध्यक्ष खुम बहादुर सुवेदी, नाथमका भिजिटिङ प्रोफेसर हरेराम बराल र आन्तरिक राजश्व बिभागका शाखा अधिकृत रुपेश जंग थापा हुनुहुन्थ्यो ।  उक्त कार्यक्रममा नेपालको बर्तमान कर प्रमाणली, पर्यटन व्यवसायको अबस्था, चुनौति र भावी रणनिति, Covid-19 बाट सुरक्षित रहदै व्यवसाय सञ्चालन गर्दा अप्नाउनुपर्ने सावधानी तथा सुरक्षाका उपायहरुमा अर्न्तक्रिया गरियो । उक्त कार्यक्रमबाट सदस्य व्यवसायीहरुले समय सापेक्ष ज्ञान आर्जन गर्नुको साथेै व्यवसायीहरु आगामी दिनमा कसरी अगाडी बढन सकिन्छ ? भन्नेमा एक आपसमा बिचार आदान प्रदान गर्ने बातावरणको सृजना भएको थियो ।